
बागलुङ । बागलुङको काठखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गलकोटबाट सदरमुकाम जाँदै गरेको जीप मध्यपहाडी लोकमार्गमा अन्तर्गत पर्ने काठेखोला– ५ ठूलढुंगामा दुर्घटना भएको हो । जीप सडकबाट पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दुर्घटनामा कुश्मीशेरा नगरपालिका–१ का २९ वर्षीय राजेन्द्र माझी र जैमिनी नगरपालिका–१० राङखानी घर भइ बागलुङ नगरपालिका–२ श्रीनगर बस्ने दुर्गा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्