२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि पहल गर्नुपर्छः अध्यक्ष तिमिल्सिना


65
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षहरुले जागरुकता देखाउनुपर्ने बताउनुभएको छ ।

बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले उडान नियमित रुपमा गर्नसकेमात्रै पर्यटन प्रवद्र्धन हुने बताउनु भयो । उहाँले आजको खुशीयालीलाई नियमित रुपमा कायम राख्न पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रिय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरुले साझा प्रयत्न गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले पर्यटनसँग सम्बन्धित संस्था र कर्मचारीहरुले कान ढालेर बसेर विमानस्थल सञ्चालन हुन नसक्ने उल्लेख गर्नुभयो । उहाँले भारतसँग जमीनको खुला सीमाना भएजस्तै आकाशमा पनि खुला सीमाना बनउनेतर्फ सोच्नुपर्ने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले आकाश खुला भए आवातजावतमा पनि सहज हुने बताउनुभयो । उहाँले कुनैपनि देशका हवाई कम्पनीहरु फाइदा बिना उडान नभर्ने भन्दै पर्यटन पूर्वाधार विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपाल चीन जोड्ने कोरला नाकामा चिनियाँ पक्षले सबै पूर्वाधार निर्माण गरिसकेपनि नेपालले भने अहिलेसम्म कुनै चासो नदेखाएको बताउनुभयो ।