२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधि सभाद्वारा सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पारित


338
Shares

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

मन्त्री सिंह मंगलबार बझाङमा सवारी दुर्घटनामा पर्नुभएको थियो । मन्त्री सिंहको उपचारका क्रममा मंगलबार नै नेपालगञ्जमा निधन भएको थियो । प्रदेशसभा सदस्यसमेत रहनुभएका मन्त्रीको निधन हुँदा प्रतिनिधिसभा सदस्यसरहकै सम्मान प्रकट गरेको हो । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै शोक प्रस्ताव पारित भएको थियो ।

शोक प्रस्ताव पारित भएपछि उक्त बैठक स्थगित गरिएको थियो । शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेका बेलमा उक्त बैठकमा अन्य कार्यसूचीमा कारवाही अघि बढाउने प्रचलन छैन । पहिलो बैठकबाट शोक प्रस्ताव पारित भएपछि बुधबारै अर्को बैठक पनि बसेको छ । प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव गरेर प्रतिनिधिसभाले बुधबारबाट नयाँ अभ्यास सुरुवात भएको छ ।