२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धेरै नेपाली बसोवास गर्ने देशमा अवैतनिक राजदूतबाट छिटो राहदानी दिऔं : अध्यक्ष नेपाल


897
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले धेरै नेपालीहरु भएको देशमा अवैतनिक राजदूतका माध्यमबाट राहदानी दिने पहल थाल्न सरकारसँग आग्रह गर्नुभएको छ ।

बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले धेरै नेपालीहरु बसोवास गर्ने देशका शहरहरुमा अवैतनिक राजदूतका माध्यमबाट समयमा नै राहदानी नविकरण गर्नुपर्ने बताउनुभयो । उहाँले कतिपय देशका दुतावासमा कर्मचारीहरु कम हुँदा समयमा नै काम सम्पन्न गर्न कठिनाइ भएको गुनासो आइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष नेपालले समयमा नै राहदानी खरिद गर्नसके कम मूल्य पर्ने बताउनुभयो । उहाँले सरकारले सिमित समसभित्र कति राहदानी आवश्यक पर्छ ? भन्नेकुरालाई ध्यानमा राखि समयमै खरिद गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले भेरियसनको नाममा म्यानुपुलेशन बढी हुने भन्दै यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो । उहाँले समयमा नै राहदानी खरिद गर्न नसके राहदानीको मूल्य ठेकेदारहरुले बढाउँदै लैजाने गरेको बताउनुभयो ।

अध्यक्ष नेपालले राहदानी खरिदमा देखिएका विकृति, विसंगतिमा सरकारको ध्यान कति गएको छ ? भन्दै प्रश्नसमेत गर्नुभयो ।