७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


योग शिक्षालाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्छ : प्रदीप पौडेल


52
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले योग शिक्षालाई देशले राष्ट्रिय अभियानका रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद पौडेलले योग शिक्षालाई देशले राष्ट्रिय नीतिका रुपमा आत्मसाथ गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले मानिसले योगलाई आफ्नो जीवनशैलीसँग जोड्नसके मानिस स्वस्थ हुने बताउनुभयो । सांसद पौडेलले स्वास्थ बन्न चाहने मानिस योगसँग जोडिन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले योग शिक्षालाई नेपालको जरा जरासम्म पु¥याउन सक्नुपर्ने बताउनुभयो ।

सांसद पौडेलले नेपाली स्वस्थ भएमात्रै नेपाल स्वस्थ हुनसक्ने र नेपाली स्वस्थ हुनका लागि योगसँग जोडिन आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षाअन्तर्गत सरकारले उपचारमा सहयोग गर्ने भन्दापनि रोग लाग्नै नदिने उपायको खोजि गर्न आवश्यक रहेको बताउनुभयो ।