२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


क्रिकेट मैदानका लागि तत्काल बजेटको व्यवस्था गर्न सांसद भण्डारीको माग


403
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

वर्षौदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै उहाँले आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको हो ।

सांसद भण्डारीले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेल मैदान बनाउने कुरामा खुलेर अघि बढन सक्नुपर्ने बताउनुभयो ।

बुधबार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धि विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताउनुभयो ।

सांसद भण्डारीले बुद्धको जन्मस्थल लुम्विनीमा हजारौं बेडको अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरु बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भण्डारीले समय अनुसार चल्न नसक्दा नेपाल पछि परेको पटकपटक दोहो¥याउनुभयो । हाम्रा अर्गानिक खेतीलाई निरन्तरता दिन सकेमात्रै पनि नेपाल अघि बढने स्मरण गराउनुभयो ।