
काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।
कमजोर डिफेन्सका कारण नेपाल बुधबार भएको साफ च्याम्पियनसिप २०२३ को उद्घाटन खेलमा नेपाल कुवेतसँग ३–१ ले पराजित भएको छ ।बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा नेपालले कुवेतसँग ३–१ गोल अन्तरको हार व्यहोरेको हो । पहिलो पटक साफ खेलिरहेको कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक गोल गरे । खेलको २३ औं मिनेटमा कप्तान खालिदले हेडरमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा शाबैबले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए । खेलको ६५ औं मिनेटमा मोहमदले पेनाल्टी मार्फत गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए ।
नेपालका अन्जन विष्टले एक गोल फर्काए । खेलको ६८ औं मिनेटमा अन्जनले गोल गरेपनि नेपाल ३–१ ले पराजित भयो । अन्जनको यो नेपालका लागि १२ औं अन्तराष्ट्रिय गोल हो । समूह ’ए’ मा रहेको कुवेतले पहिलो खेलमै ३ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा शनिबार आयोजक भारतसँग खेल्नेछ । यस्तै तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्