१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिकता विधेयकको मुद्दा छिटो किनारा लगाउन सांसद श्रेष्ठको माग


260
Shares

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले नागरिकता विधेयकसम्बन्धी अदालतमा परेको मुद्दा छिटो किनारा लगाउन माग गर्नुभएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद श्रेष्ठले नागरिकता विधेयक सम्बन्धी सर्वोच्च अदालतमा रहेको मुद्दालाई छिटो किनारा लगाउन माग गर्नुभएको हो । उहाँले नागरिकताविहिनहरुको आन्दोलनमा प्रहरीको धरकपट भएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।

सांसद श्रेष्ठले समाजवादी मोर्चा नेपालबाट कोही पनि आत्तिनु नपर्ने बताउनुभयो । मोर्चा घोषणा भएपनि मोर्चाको विस्तृत खाका भने आउन बाँकी नै रहेको बताउनुभयो ।