
सिन्धुली । सिन्धुलीमा वर्षा र चट्याङका कारण गुडिरहेका दुईवटा कार दुर्घटनामा परेका छन् ।
कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सिन्धुलीको मदन भण्डारी राजमार्गस्थित दुधौली –४ मा चट्याङ पर्दा गुडिरहेका कार दुर्घटनामा परेका हुन् ।
चट्याङ पर्दा काठमाण्डौंबाट उदयपुरतर्फ जाँदै गरेका दुई कारहरु अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइतेहरुको उद्धार गरी स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि सिन्धुली अस्पताल र काठमाडौं पठाइएको इलाका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्