
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गर्नुभएको छ ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गर्नुभएको हो । उहाँले एकले अर्कोलाई खुइल्याएर राजनीतिमा कोहीपनि दह्रो नहुने बताउनुभयो ।
सांसद खतिवडाले पार्टी सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्ने र महामन्त्रीले पनि सभापतिसँग समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा कांग्रेसकै विकल्प खोज्ने समूह बनिसकेको भन्दै पार्टीमा कसैले कसैको विकल्प खोजेर नहुने बताउनुभयो ।
सांसद खतिवडाले सत्तारुढ गठबन्धनका केही दलहरुले आफूहरुलाई दह्रो शक्तिको रुपमा देखाउन समाजवादी मोर्चा नेपाल घोषणा गरेका बताउनुभयो । उहाँले मोर्चामा आवद्ध दलहरुलाई पार्टी एकता नै गर्न सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्