२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चीन र पाकिस्तानबीच परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने सम्झौता


403
Shares

एजेन्जी । चीन र पाकिस्तानबीच परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार चीनले पाकिस्तानमा १२ सय मेगावाट क्षमताको परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने छ  ।

उर्जा केन्द्र पाकिस्तानको पञ्जाब प्रान्तमा स्थापना हुने छ । चाइना नेसनल न्युक्लियर कर्पोरेसन ओभरसिज लिमिटेड र पाकिस्तान अटोमेटिक इनर्जी कमिसन बीच भएको सम्झौता अनुसार चाँडै काम सुरु हुने पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

परमाणु केन्द्रका लागि चीनले चार अर्ब ८० करोड अर्ब अमेरिकी डलर लगानी गर्ने छ  । प्रधानमन्त्री शरिफले पाकिस्तान र चीनबीचको सम्बन्ध बलियो हुँदै गएको पनि दाबी गर्नुभयो । चीनले बेल्ट एन्ड रोड इनिसिटिभ प्रोजेक्टअन्तर्गत पाकिस्तानलाई ६५ अर्ब डलर सहयोग गर्ने जनाएको छ  ।

पाकिस्तानले पछिल्लो समय आर्थिक संकट झेलिरहेको छ ।