१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सामसङको शून्य प्रतिशत ब्याजदर सुविधा


3.809k
Shares

काठमाडौं । सामसङले आफ्ना उपभोक्ताका लागि शून्य प्रतिशत ब्याज दरको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्स सुरु गरेको छ ।

यो योजना २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामसङ स्मार्ट फोन खरीदगर्ने ग्राहकहरुका लागि लागू गरिएको छ ।

यो पहलको उद्देश्य भनेको नै नेपालभरका ग्राहकहरुले सजिलैसँग आफ्नो चाहना बमोजिमको स्मार्ट फोन किन्न सक्षमभई वित्तीय समावेशीकरणमा सहयोग पु¥याउनु रहेको कम्पनीको दाबी छ ।

स्मार्टफोन आजकादिनमा नभै नहुने अत्यावश्यक सामग्री भैसकेको छ । यसका अतिरिक्त, विश्व अब डिजिटलमय हुँदै गैरहेको छ, र मानिसहरु अझ धेरै प्राविधिकरुपमा एड्भान्सहुँदै गएका छन्, यस्तो अवस्थामा अझ राम्रो स्मार्टफोनहरुको माग दिनप्रतिदिन बढीरहेको छ ।

यही तथ्यलाई दृष्टिगत गर्दै सामसङ नेपालले मानिसको स्तरोन्नतिमा सहायता पु¥याउन हुलास फिन सर्भ (एचएफएल)सँगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधा ल्याएको कम्पनीले जनाएको छ ।

यो एक झँझटरहित, तत्कालफाइनान्स सुविधा उपलब्ध हुने शून्य ब्याजदरको सहज उपाय भएको कम्पनीको दाबी छ ।