२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेकपा एकीकृत समाजवादीको  संसदीय दलको बैठक बस्दै


208
Shares

काठमाडौं । नेपाल एकीकृत समाजवादीको संसदीय दलको बैठक बिहीबार बस्दैछ।

बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ। बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा बजेटमाथि छलफल हुने बताइएको छ।

नेकपा एसका बहुसंख्यक सांसद बजेटको विपक्षमा उभिएपछि यसबारे छलफलल गर्न नेकपा एसले बिहीबार संसदीय दलको बैठक बोलाएको हो ।

नेकपा एसले बजेटमाथि असन्तुष्टि जनाउँदै आएको छ । बजेट यथास्थितिमा पास गर्न नसकिने नेकपा एसका सांसदहरूले बताउँदै आएका छन् । नेकपा एसका अकिांश सांसदहरुले बजेट संशोधन नगरे पारित नगर्ने जानकारी पार्टी अध्यक्ष माधवकुमार नेपाललाई नै दिएका छन् ।

बजेटमा एकलौटी गरिएको, जिल्लागत सन्तुलन नमिलाएको भन्दै असन्तुष्ट रहेका नेकपा एसमा सांसदहरूले पार्टी अध्यक्ष नेपाललाई यथास्थितिमा पास नगर्ने जानकारी गराएका हुन् । सांसदहरू राजेन्द्र पाण्डे, कृष्णकुमार श्रेष्ठ, अम्बरबहादुर थापालगायतले पार्टी अध्यक्ष नेपाललाई भेटेर आफ्नो धारणा राखेका हुन् ।