
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान प्रधानमन्त्री दाहाल र महासचिव विप्लवबीच भेटवार्ता भएको हो ।
उक्त भेटवार्तामा उहाँहरुबीच समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै उहाँहरूबीच माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल भएको बताइएको छ ।
यसअघिका भेटमा संक्रमणकालीन न्याय टुंगो लगाउन जोड दिदै आएका प्रधानमन्त्री दाहाल र महासचिव विप्लवले यस भेटवार्तामा कार्यगत एकतासँगै पार्टी एकताको विषयमा छलफल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्