
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अहिले बसिरहेको छ ।
पार्टीको पहिलो वार्षिकोत्सवको अवसरमा बालाजु, बनस्थलीस्थित नयाँ कार्यालयमा संयुक्त बैठक बिहान १० बजेबाट बसेको हो ।
बैठकमा रास्वपाले पार्टी स्थापनाको एक वर्षको समिक्षा तथा भावि रणनीति तय गर्ने बताईएको छ । रास्वपाले बैठकपछि पत्रकार सम्मेलन आयोजना गर्दैछ ।
बिहीबार दिउँसो १ बजेदेखि ५ बजेसम्म नयाँ केन्द्रीय कार्यालयमा रास्वपाले चियापान कार्यक्रम पनि राखेको छ ।
प्रतिक्रिया दिनुहोस्