
बर्दिया । बर्दियाको नेपाल–भारत सिमावर्ती क्षेत्रमा दैनिकजसो जंगली हात्तीले स्थानीयका घरटहरा भत्काउनुका साथै अन्नपात र बालीनालीमा क्षति पुर्याएको छ ।
बुधबार राति राजापुर नगरपालिका– ७ शंकरपुरका भक्त बहादुर दमाईको लगभग एक बिगाह खेतमा लगाउन रोपाइका लागि तयार पारिएको धानको बिउ खानुका साथै कुल्चेर क्षति पर्याएको हो । नेपाल–भारत सिमावत्र्ती जंगलवाट आउने हात्तीको झुण्डले दैनिकजसो क्षति पुर्याउने गरेको स्थानीय सागर परियारले बताए ।
हात्ती रोक्न बनाइएको तार जाली भत्काएर हात्ती आउने गरेकाले रातिको समयमा पहरा दिँदै आएको स्थानीय बताउँछन् । हात्ती रोक्नका लागि विद्युतीय तारबार लगायतका विभिन्न उपाय गरेपनि नियन्त्रण गर्न कठिन भएको वडा नं– ७ का अध्यक्ष रामु थारुले बताए ।
हात्ती रोक्न वर्षेनी राजापुर नगरपालिका र मधुवन नगरपालिकाका वडाहरुले लाखौ बजेट छुट्ट्याउने गरेपनि उक्त बजेट खेर गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्