
काठमाडौं । हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहको निर्णयविरूद्ध चलचित्र संघको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अल्पकालीन आदेशसँगै विपक्षीसँग छलफल गर्न अदालतले असार १२ गते दुवै पक्षलाई बोलाएको छ ।
दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरका मेयर शाहले गत सोमबारदेखि प्रदर्शनमा रोक लगाउनुभएको थियो । बालेन्द्रको उक्त निर्णयविरुद्ध चलचित्र संघ अदालत गएको थियो ।
यसैबीच अदालतको आदेश आएलगत्तै मेयर शाहले संघ सरकार र अदालतलाई भारतको ‘गुलाम’ भएको टिप्पणी गर्नुभएको छ । देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा आफू कानुन र अदालतको आदेश मान्ने पक्षमा नरहेको उहाँको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्