
गोरखा । गोरखामा गएराति १ बजे जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको जिप सहिद लखन गाउँपालिका ३ को चिलिङकोट स्थित पात्लेखोलामा दुर्घटना भएको हो ।
बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा उक्त जिप दर्घटनामा परेको प्रहरीले जनाएको छ । जिपमा १९ जना सवार रहेका थिए । दुर्घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्