१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देश विकासको मोडालिटि भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै हुन जरुरी छ : प्रधानमन्त्री


78
Shares


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितीको अध्ययन गरेर मात्रै गर्नु जरुरी देखिएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रम बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो। उहाँले वर्षायाम सुरु भएसँगै मुलुकका विभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको क्षती भएको भन्दै बाढी पहिरो रोक्नको लागि मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितीको अध्ययन गरेर मात्रै बनाउनु पर्ने आवश्यकता देखिएको बताउनु भयो । उहाँले सरकार र स्थानीय तहले मुलुकको भौगोलिक अवस्थितीको बारेमा अध्ययन नगरी विकास मोडालिटि बनाएर बाढी पहिरोका घटना दोहोरी रहने अवस्था देखिएको बताउनु भयो। उहाँले सरकारले बनाउने विकासको मोडालिटिको विषयमा गम्भिर रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले बाढी पहिरो रोकथामको सांसदहरुले समेत भौगोलिक अवस्थाको अध्ययन गरेर मात्रै दीर्घकालिन विकासमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।