
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले पछिल्ला समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन शक्तिसम्पन्न आयोग गठन गरेर गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले पछिल्लो समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नुपर्ने बताउनुभएको हो । उहाँले भ्रष्टाचारको छानबिन कुन मितिदेखिको गर्ने भन्ने विषयमा सर्वदलिय सहमति बनाएर छानबिन प्रारम्भ हुनुपर्ने बताउनुभयो ।
सांसद केसीले पछिल्लो समयको भ्रष्टाचार काण्डहरुको भने छानबिन गरिहाल्नुपर्ने बताउनुभयो । उहाँले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शी शक्तिशाली आयोग गठन गर्नुपर्ने बताउनुभयो ।
सांसद केसीले नयाँ पार्टीहरु पनि शक्तिकेन्द्र र वृद्धतन्त्रभित्र फस्छन् कि भन्ने आशंका व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचारलाई संरक्षण गर्ने दल वा सरकार आगामी निर्वाचनमा बढारिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्