६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


जनकपुर उपमहानगरको बजेट २ अर्ब २८ करोड


39
Shares

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्बजनिक गरेको छ ।

उपमहानगरले २ अर्ब २८ करोड २३ लाखको बजेट ल्याएको हो ।

शुक्रबार भएको १०औं नगरसभामा उपप्रमुख किशोरी साहले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार लगायतलाई समेटेर बजेट प्रस्तुत गर्नुभएको हो ।

जसअन्तर्गत चालु तर्फ १ अर्ब १३ करोड ६२ लाख अर्थात् ४९ दशमलब ७८ प्रतिशत रहेको छ भने पुँजीगततर्फ एडीबीसहित १ अर्ब ९ करोड २८ लाख अर्थात् ४७ दशमलब ८८ प्रतिशत विनियोजन गरिएको छ ।

यस्तै, वित्तिय व्यवस्थापन तर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात् २ दशमलब ३४ प्रतिशत रकम छुट्याइएको छ । पुँजीगततर्फ उपमहानगरपालिकाको छुट्टै ५६ करोड ९५ लाख १८ हजार अर्थात् ३ दशमलब ९५ प्रतिशत, एडीबी परियोजनाको लागि ५२ करोड ३३ लाख १७ हजार अर्थात् २२ दशमलब ९३ प्रतिशत रहेको उपमहानगरपालिकाले जनाएको छ ।