२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माधव नेपालप्रति झलनाथ खनालको कटाक्ष : दुई जना मन्त्री बनाएर पार्टी बन्दैन


1.274k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी अध्यक्ष माधवकुमारप्रति लक्षित गर्दै यस्तो बताउनुभएको हो । उहाँले पार्टी बनाउनका लागि श्रमीक जनतासँग एकतावद्ध र गोलवद्ध गर्न जरुरी रहेको बताउनुभयो ।

नेता खनालले वैचारिक, सैद्धान्तिक दिशाहरुलाई पारदर्शी बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरबिरोधको सही पहिचान गर्दै प्रधान शत्रुको सही पहिचान गर्दै हामीले जनतालाई दलाल पुँजीवादका विरुद्ध गोलबन्द गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

खनालले नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको उल्लेख गर्नुभयो । उहाँले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मा ठूलो असन्तुष्टि रहेको बताउनभयो । उहाँले नेपाली समाजमा संकट नै संकटको श्रृंखला रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले खिचडी सरकार बनाएर जानुपर्ने बाध्यताले क्रान्तिकारी कार्यक्रमहरु ल्याउन नसकेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले सामन्तवादका अवशेषहरु समाजमा व्याप्त रहेको बताउनुभयो ।