
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले एमाले र कांग्रेसको सरकार बन्ने विषय आधारहीन बहस भएको टिप्पणी गर्नुभयो । उहाँले सरकार परिर्वतन हुने विश्लेषण गर्न मिले पनि अहिले तत्काल एमाले र कांग्रेसका बीचमा सत्ता साझेदारी गर्ने तहको धरातल विकास नभएको दाबी गर्नुभयो ।
सांसद सापकोटाले सत्ता समिकरण गर्ने संवाद भयो भन्ने पनि एमाले माओवादीको पनि सधैँ संवाद भइरहेको बताउनुभयो । उहाँले पहिलो चरणलाई यही गठबन्धन जानेर इमान्दारीरी पूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेपछि प्रधानमन्त्रीले हस्तान्तरण गर्नुहुने बताउनुभयो ।
सांसद सापकोटाले सरकारले ल्याएको बजेट असन्तुलन भएको कुरा माओवादीले पनि बोलेको भन्दै बजेट पास नहुने भन्ने नभएको बताउनुभयो । उहाँले नेकपा (एकीकृत समाजवादी) पार्टी बजेट पास गर्न नदिने निर्णय नगरेको भन्दै १२ गते बजेट पास हुने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्