
फाइल तस्बिर
काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ मा पर्ने महभिरमा सडक माथिबाट ढुंगा खस्दा मध्यपहाडी लोकमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ ।
अबिरल वर्षाका कारण शनिबार बिहान भिरबाट ढुंगा खसेर सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत,बागलुङ,म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने त्यस क्षेत्रबाट अन्यत्र जाने सवारीसाधन डिमुवामा रोकिएका छन् ।
पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्