१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भन्सार एजेन्टहरूद्वारा आन्दोलनको घोषणा


11.973k
Shares

काठमाडौं । सरकारले रोजगारी खोसेको भन्दै भन्सार एजेन्टहरूले आन्दोलनको घोषणा गरेका छन् ।

विभिन्न भन्सार कार्यालयहरूमा भन्सार महसुल र भन्सार राजश्व संकलनको काम गर्दै आएका एजेन्टहरूले सरकारले रोजगारी खोसेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले एक विज्ञप्ति जारी गर्दै राज्यले आफूहरूको उचित व्यवस्थापन गर्नु पर्नेमा भन्सार प्रतिनिधिले काम गर्ने व्यवस्था नै खारेज गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

सरकारको निर्णयले देशभर कार्यरत तीन सयभन्दा बढी भन्सार प्रतिनिधिहरू गत जेठ १५ गतेदेखि बेरोजगार भएको संघको भनाई छ । भन्सार प्रतिनिधिहरूले पटक/पटक भन्सार विभाग,अर्थ मन्त्रालयलाई ध्यानाकर्षण बुझाउँदा पनि सुनुवाइ नभएकोले आन्दोलनमा जानु परेको बताएका छन् ।