
बैतडी । वर्षासँगै आएको पहिरोका कारण बैतडीको सिगास गाउँपालिकामा रहेको लेक लुपुड माविको भवनमा क्षती पुगेको छ ।
शनिबार बिहान विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय भवनमा क्षती पुगेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिनुभयो ।
विद्यालयका दुईवटा भवनका नौ कोठा रहेका र तीमध्ये पहिरोले दुबै भवनका गरेर चार कोठामा क्षती गरेको छ । बाँकी रहेको भवन र विद्यार्थीको खाजा खाने क्यान्टिन पनि जोखिममा परेको छ । चार कोठे नयाँ भवन संघीय अनुदानमा ७२ लाखमा निर्माण भएको र भवन हस्तान्तरण नहुँदै पहिरोले भत्किने सम्भावना रहेको उहाँको भनाई छ ।
नयाँ भवन निर्माण कार्य सम्पन्न भएर पेन्टिङको काम भइरहेको छ भने गत वर्ष निर्माण भएको भवनमा पठनपाठन हुने गरेको थियो । नयाँ भवनको माथिबाट पहिरो खसेपछि विद्यालय भवन उच्च जोखिममा परेको प्रहुन पुगेको विद्यालयले जनाएको छ । पहिरोका कारण कक्षा सञ्चालनमै समस्या आउने प्राधानाध्यापक धामीको भनाई छ ।
कक्षा १२ सम्मको पढाइ हुने यो विद्यालयमा ३ सय ५० विद्यार्थी अध्ययनरत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्