२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


डडेल्धुरामा गाई संरक्षणकाे अभियान सञ्चालन


260
Shares

डडेल्धुरा । डडेल्धुरामा गाई गाई संरक्षणकाे अभियान सञ्चालन गरिएकाे छ ।

डडेल्धुरामा गाईको संरक्षण गर्नको लागि अखण्ड भजन किर्तन तथा धार्मिक प्रवचन समेत गरिएको हाे ।

ॐकार सनातन हिन्दु प्रतिष्ठान डडेल्धुराको आयोजनामा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर– २ मा स्थानीय जनप्रतिनिधि सहितको उपस्थितिमा गौमाता बचाउ तथा धार्मिक प्रवचन अखण्ड रात्रीकालिन किर्तन गरिएको हो ।

दूध दिन छाडे पछि सडकमा गाईलाई छाडने पवृतिलाई धार्मिक सत्सँग जागरण मार्फत निरुत्साहित गर्ने उद्देश्य राखिएको छ ।

गौमाताको हत्या रोक्न तथा छाडा नछाड्न आग्रह गर्दै स्थानीय गाई बस्तुपालकलाई आध्यात्मिक ज्ञान प्रदान गर्दै अभिमुखिकरण गर्ने अभियान रहेको प्रतिष्ठानले जनाएको छ ।