५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


जंगलमा भेटिएको तरल पदार्थ मदिरा भनी पिउँदा दुई जनाको मृत्यु


11.362k
Shares

बर्दिया । बर्दियामा विषालु तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ ।

जंगल गएक बेला जर्कीनमा जगत कुमारी गुरुङले तरल पदार्थ भेटाएर ल्याएपछि मदिरा भनी खाँदा उनीहरुको मृत्यु भएको हो ।

तरल पदार्थ पिएर दुई जनाको मृत्यु भइसकेको छ भने , तिन जना गम्भिर बिरामी भएका छन् । मृत्यु हुनेमा मधुवन नगरपालिका ८ टिसियन फाँटाका ७० वर्षीया गौरी राजी र ३८ वर्षीया कमला सुनार रहेका छन् ।

बिरामी हुनेमा मधुवन ८ टिसियन फाँटाकै जय बहादुर गुरुङ, जगत कुमारी गुरुङ र मनसरा सुनार रहेका छन् । उनीहरुको जिल्ला अस्पताल गुलरिया र नेपालगञ्जमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय सानोश्रीले जनाएको छ ।

जंगल गएक बेला जर्कीनमा जगत कुमारी गुरुङले तरल पदार्थ भेटाएर ल्याएको र मदिरा भनी खाँदा उनीहरुको मृत्यु भएको बताइएको छ ।