
काठमाडौं । पोखराको फेवातालमा भएको ‘ड्रागन बोट रेस’ को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको छ ।
दक्षिण एसियामै पहिलोपटक नेपालमा भएको ‘ड्रागन बोट रेस’ का पाँच सय र दुई सय मिटरतर्फ दुवै उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको हो ।
दुवै दूरीमा नेपाल एसोसिएशन अफ याफ्टिङ एजेन्ट्स (नारा) को टोली उपविजेता भयो । दुवै दूरीमा चीनको युनान तेस्रो भएको छ । उपाधि विजेता सिचुवानले दुवै विधामा गरी ११ लाख रुपैयाँ र उपविजेता नाराले दुवै विधामा गरेर ७ लाख रुपैयाँ पुरस्कार पायो ।
बोट रेसमा चीनका चार र नेपालका चार गरी ८ टिम सहभागी थिए । विजयी टिम र खेलाडीलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली, पोखरा महानगर मेयर धनराज आचार्य लगायतले पुरस्कार प्रदान गर्नुभएको छ ।
दक्षिण एसियामै नेपालमा पहिलो पटक भएको ड्रागन बोट रेसले पोखरामा मात्रै नभइ नेपालकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने व्यवसायीले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्