१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशैभर मनसुनकाे प्रभाव, मकवानपुर र कास्कीमा सतर्कता अपनाउन महाशाखाको आग्रह


351
Shares

काठमाडौं । देशभर मनसुन सक्रिय भएपछि देशका विभिन्न भागमा पानी पर्ने क्रम बढेको छ ।

आइतबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, आइतबार दिउँसो देशभर सामान्यदेखि पुर्णतः बदली रहने छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ–गर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूर पश्चिका पहाडी भू-भागका खोलाहरुमा आइतबार आकस्मिक बाढी आउन सक्ने तथा पहिरो जान सक्ने चेतावनी पनि दिइएको छ ।