१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाङ र बागलुङमा चट्याङ लागेर चार जनाको मृत्यु


559
Shares

काठमाडौं । दाङ र बागलुङमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ ।

शनिबार साँझ दाङमा चट्याङ लागेर दंगीशरण गाउँपालिका–३ का ३७ वर्षीय रामनारायण चौधरी र वडा नं. ६ का ३२ वर्षीय समिर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङबाट घाइते भएका उनीहरुको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । केसी खेतमा काम गरिरहेका थिए भने चौधरीलाई बारीबाट तरकारी टिपेर फर्किँदै गर्दा चट्याङ लागेको थियो ।

यता बागलुङमा पनि चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा गएराति चट्याङ पर्दा उनको नौ वर्षीया छोरी सुनिता विक र छ वर्षीय छोरा दिनेश विकको मृत्यु भएको हो ।

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

चट्याङले घरनजिकै बाँधेको एक भैँसीसमेत मेरेको छ ।