
काठमाडौं । असार शुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभर किसानहरु रोपाईमा ब्यस्त हुन थालेका छन् ।
काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा धान रोपाईमा यतिबेला किसानहरु व्यस्त हुन थालेका हुन् ।
भक्तपुरको निकोसेरामा पनि यतिबेला किसानहरु धान रोप्न ब्यस्त छन् । उनीहरु जेठका अन्तिममै धान रोप्नका लागि पर्याप्त पानी परेकाले रोपाईमा ब्यस्त भएको बताउँछन् । सामान्यतया असार १५ बबाट रोपाई शुरु हुने भएपनि असारको पहिलो सातादेखि नै किसानहरु रोपाईंको चटारोमा छन् ।
विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाई शुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भएपनि यस वर्ष भने जेठ अन्तिमबाट मनसुन नेपाल भित्रिएसँगै वर्षा हुँदा भक्तपुरका अधिकांश स्थानमा रोपाई भइसकेको किसानहरु बताउँछन् ।
सिंचाई अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाईं गर्नुपर्ने अवस्थामा यसवर्ष आकाशे पानीले नै असार शुरु हुनेबित्तिकै खेतमा पानी भरिएपछि किसान रोपाईमा लागेका हुन् । आवश्यक पानी नपर्दा विगतमा असार १५ कुर्ने गरेका किसानहरु यस वर्ष धान रोपाई छिटो भएपछि खुशीमा भएका छन् ।
खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाई मा जुटेको उनीहरुको भनाइ छ । रोपाई मा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानह डराएका छन् ।
धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउनसके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउनसक्ने उनीहरुको भनाइ छ ।
।
प्रतिक्रिया दिनुहोस्