
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयलाई अपांगमैंत्री नमुना मन्त्रालयको रुपमा विकास गर्ने कामलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।
आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री आचार्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने व्यवस्था गरिएको पनि बताउनुभयो ।
गैर सरकारी संस्थाहरुले आफूखुशी काम गरिरहेको गुनासो आईरहका बेला मन्त्री आचार्यले उनीहरुलाई राष्ट्रिय आवश्यक्ताको आधारमा परिचालन हुने गरी आवश्यक व्यवस्था मिलाइएको बताउनुभएको हो । मन्त्री आचार्यले सरकारी तथा गैर सरकारी संस्थाहरुको अनुगमन र मूल्यांकनका लागि प्रदेश र स्थानीय तहसम्म पनि योजना तर्जुमा गर्नका लागि अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको समेत बताउनुभयो ।
मन्त्री आचार्यले समाज कल्याण परिषद्को कामलाई प्रभावकारी बनाउने गरी अनुगमनको कामलाई विशेष जोड दिइएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्