८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


दाहाल सरकारको विकल्प छैन : सांसद सापकोटा


767
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि असार १२ गते संसदबाट बजेट पास हुने दाबी गर्नुभएको छ ।

आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद सापकोटाले सांसदहरुले संसदमा उठाएका कुराको सम्बोधन हुनुपर्ने र अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट सुधार्ने प्रतिवद्धता जनाइसकेकाले बजेट पास हुने बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार फेरेर अहिले कुनैपनि विकल्प नरहेको बताउनुभयो ।

सांसद सापकोटाले नेपाली कांग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा नरहेको जिकिर समेत गर्नुभयो ।