२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ५० करोड


481
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रूपैयाँको बजेट ल्याएको छ ।

आर्थिक वर्ष २०८०/८१ का लागि उपमेयर मञ्जली शाक्य बज्राचार्यले बजेट सार्वजनिक गर्नभएको हो । यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै १३ प्रतिशतले कमी हो ।

साढे ६ अर्बको बजेटमा पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालूतर्फ २ अर्ब ४९ करोड ८४ लाख विनियोजन गरिएको छ ।

ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथलगायत विषयलाई प्राथमिकतामा राखेको छ ।

बजेटमा कोरोनाका कारण थला परेका विभिन्न निकायलाई ध्यानमा राखिएको जनाइएको छ ।