८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अधिकांश स्थानिय तहको बजेट सार्वजनिक

कुन महानगरको कति ?

117
Shares

काठमाडौं । देशका अधिकांश स्थानीय तहले आइतबार आर्थिक वर्ष २०८०/८१ को अनुमानित बजेट ल्याएका छन् ।

असार १० गते भित्र ७५३ वटै स्थानीय तहले अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान भएपनि केही पालिकाले बजेट ल्याउन सकेका छैनन् ।

कूल ७५३ स्थानीय तहहरूमध्ये ६ वटा महानगरपालिका रहेका छन् । यी ६ वटै महानगरपालिकाहरूले आइतबारसम्ममा बजेट ल्याइसकेका छन् । संघीय राजधानी समेत रहेको काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कूल २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।

झन्डै एउटा प्रदेशकै जत्रो बजेट ल्याएको काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको भन्दा ०.५० प्रतिशतले बढाएर बजेट ल्याएको हो । यो पटक दुई महानगरपालिका ललितपुर र भरतपुरको बजेट ल्याउने सवालमा एकअर्कामा प्रतिस्पर्धा जस्तै देखिएको छ ।

भरतपुरले यसपटक बजेट वृद्धिलाई तीव्रता दिँदै ललितपुर महानगरपालिकाकै हाराहारीमा आफूलाई उभ्याएको छ । भरतपुरले चालु आर्थिक वर्षको भन्दा ९.९९ प्रतिशतले बजेट वृद्धि गर्दै बजेटको आकार ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँ पुर्याएको छ ।

यता ललितपुर महानगरपालिकाले भने चालु आर्थिक वर्षको भन्दा जम्मा २.३२ प्रतिशतले मात्र बजेटको आकार बढाउँदै आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । तुलनात्मक रुपमा ६ वटा महानगरपालिका मध्ये आगामी आर्थिक वर्षका लागि ठूलो बजेट घट्नेमा पोखरा महानगरपालिका रहेको छ ।

पोखराले कूल ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको तुलनामा १८.५२ प्रतिशतले कम हो । यस्तै, बजेट घट्नेमा अर्को दुई वटा महानगरपालिकाहरूविराटनगर र विरगंज पनि छन् ।

पोखराले कूल ८ अर्ब ७७ करोड बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको तुलनामा १८.५२ प्रतिशतले कम हो । यस्तै, बजेट घट्नेमा अर्को दुई वटा महानगरपालिकाहरूविराटनगर र विरगंज पनि छन् । विराटनगरले ३ अर्ब २८ करोड र वीरगन्ज महानगरपालिकाको ४ अर्ब १० करोड रहेकाे छ ।

६ वटा महानगरपालिका मध्ये ३ वटाको बजेट बढ्दा ३ वटाको घटेको छ । समग्रमा महानगरपालिकाहरूको बजेट २.३२ प्रतिशतले घट्न पुगेको छ । ६ वटा महानगरपालिकाले चालु आर्थिक वर्षका कूल ५३ अर्ब २५ करोड ६८ लाख ७९ हजार रुपैयाँ बराबरको बजेट ल्याएकामा आगामी आर्थिक वर्षका लागि बजेट घटाएर ५२ अर्ब १ करोड ६५ लाख ३९ हजार रुपैयाँमा झरेका छन् ।