
तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गरेको निःशुल्क स्वास्थ्य शिविरमा झण्डै तीनसय नागरिक लाभान्वित भएका छन् ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका नागरिक लक्षित शिविरमा तीनसय बढीले स्वास्थ्य परिक्षण गरी सेवा लिएका हुन् ।
परेवादिन स्वास्थ्यचौकीमा प्रजनन् स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि नागरिकलाई सेवा दिइएको हो । शिविरमा प्रजनन् स्वास्थ्य सम्बन्धी ८२ जनाले सेवा लिएका थिए ।
गाउँमै सञ्चालन भएको शिविरमा राम्रो सल्लाह सुझाव र सेवा पाएको स्थानीय सुनिता तामाङले बताउनु भयो । छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले गाउँपालिकाले दिँदै आएको स्वास्थ्य सेवालाई प्रभावकारी र ग्रामीणमुखि बनाउने बताउनुभयो ।
गाउँपालिकाले स्वास्थ्य बिमामा ५० प्रतिशत छुट ,महिला स्वास्थ्य शिविर, जेष्ठ नागरिकहरुलाई घरैमा उपचार लगायतका विभीन्न स्वास्थ्य सम्बन्धी काम गर्दै आएको छ ।
सुत्केरी पोषण कार्यक्रम अन्र्तगत सुत्केरी महिलालाई ९ हजार रुपैया प्रदान गर्ने कार्यक्रमलाई समेत गाउँपालिकाले लागू गरेको छ ।
प्रतिक्रिया दिनुहोस्