२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


दक्षिण कोरियाका राजदुत ताइयोङ र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता


78
Shares

काठमाडौं । नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदुत पार्क ताइयोङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गर्नुभएको छ ।

सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको सचिवालयमा उहाँहरुको भेटवार्ता भएको हो ।

भेटघाटका क्रममा दुई देशको सम्बन्धका बारेमा विस्तृत रुपमा छलफल भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले अहिले गरेको भेटले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ उचाईमा पु¥याउने, सहयोगका क्षेत्रहरु फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा जोड दिएको बताउनुभयो ।

उहाँले नेपाल एयरलाइन्सले अब कोरियामा उडान भर्नुपर्ने विषयमा पनि छलफल भएको र दक्षिण कोरिया उडानले आवागमनमा सहज हुने विश्वास रहेको बताउनुभयो ।

राजदुतसँगको भेटमा अनुभवहरुको आदानप्रदानका बारेमा पनि छलफल भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।