७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कोशीमा विशेष अधिवेशन आव्हान


208
Shares

काठमाडौं । कोशी प्रदेशमा विशेष अधिवेशन आव्हान गर्न सिफारिस गरिएको छ ।

कोशी प्रदेश सरकारले असार १४ गते प्रदेश सभाको विशेष अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि विशेष अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । असार १४ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन बोलाउन सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

सरकारमा रहेका जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले सरकारलाई दिँदैआएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि सरकार अल्पमतमा परेकाले प्रदेश सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।