
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारहरुका लागि ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रय स्थलको व्यवस्था गरिएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारका लागि सबै प्रकारका श्रम स्विकृति दिने व्यवस्था प्रदेश स्तरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुबाट मिलाइएको जानकारी समेत दिनुभयो । उहाँले नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यलाई बेलायत पठाउने समझदारी अनुसार त्यसको छनौट प्रक्रियालाई अघि बढाइएको पनि बताउनुभयो ।
मन्त्री भण्डारीले बैदेशिक रोजगारमा रहेकाहरुलाई त्यहाँस्थित नेपाली नियोगबाट श्रम स्विकृति नविकरण गर्न सक्ने व्यवस्था पनि गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्