९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


पूर्वी नेपालमा बाढी आउँदा निर्जीवन कम्पनीलाई धक्का


494
Shares

काठमाडौं । पूर्वी नेपालमा आएको बाढीको असर निर्जीवन बिमा कम्पनीमाथि पर्ने देखिएको छ ।

असारको पहिलो साता आएको बाढीले डेढ दर्जन जलविद्युत् आयोजनामा अरबौं रुपैयाँको पुर्याएको छ । सो क्षतिको अरबौं रुपियाँको बिमा दाबी एकैपटक भुक्तानी गर्नुपर्ने भएकाले निर्जीवन बिमा कम्पनीलाई असर पुर्याउने भएको हो ।

गत असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले ४६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत् आयोजना क्षति भएको छ ।

जसमध्ये १३२ मेगावाट विद्युत् उत्पादन गरिरहेका १३ वटा आयोजनामा करिब ६ अर्ब रुपियाँ बराबरको क्षति भएको छ भने निर्माणाधीन ३२७ मेगावाटका १७ आयोजनामा साढे २ अर्ब रुपियाँको क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९ईपान०को तथ्यांक छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।