१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचनको कामलाई सिडिओ कार्यालयको छायाँका रुपमा रुपान्तरण नगरियोस् : सांसद थापा


104
Shares

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले निर्वाचनको कामलाई जिल्ला प्रशासन कार्यालयको छायाँको रुपमा रुपान्तरण नगर्न चेतावनी दिनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले जिल्ला निर्वाचन कार्यालय र तथ्यांक कार्यालयलाई खारेज गर्ने निर्णय लोकतन्त्र बिरोधी रहेको बताउनु भयो । उहाँले लोकतन्त्रमा निर्वाचनको निष्पक्षता हुने भन्दै संविधान बमोजिम व्यवस्था भएको आयोगलाई खारेज गर्नु नहुने बताउनु भयो । उहाँले निर्वाचनलाई निष्पक्ष बनाउने प्रत्याभुतिसहित निर्वाचन आयोगले काम गर्न पाउनुपर्ने बताउनु भयो ।

उहाँले जिल्ला निर्वाचन कार्यालय खारेजी नगर्न सभामुखको रुलिङको माग गर्नुभयो भने सरकारलाई संसदको लगामको आवश्यकता रहेको बताउनु भयो ।