
काठमाडौं । सोमबार राती इलामको माङ्सेबुङ गाउँपालिका– ५ को लारुम्बामा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् ।
आगलागीले हर्कबहादुर चेम्जोङ, पदम इवा, माङ्गेना साम्बाहाम्फे, अनु चेम्जोङ, नरहाङ लावती, लोकहाङ लावती र चन्द्र राईको घर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
काठ र जस्ताबाट बनेका घरहरू एकै ठाउँ नजिकै रहेकाले जलेको प्रहरीले जनाएको छ । राती करिब साढे २ बजे सुरु भएको आगो स्थानीयले नियन्त्रणमा लिएका थिए ।
आगलागी विद्युत सर्ट भएर भएको र आगलागीमा करिब ५५ लाख रुपैयाँको क्षति भएको प्रहरी जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्