१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौंका स्वबासीलाई लालपुर्जा दिन प्रक्रिया अगाडि बढाइएको छ : मन्त्री श्रेष्ठ


3.406k
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौंका स्ववासीहरुलाई जग्गाधनि पूर्जा दिने प्रक्रिया अगाडि बढाइएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले काठमाडौंमा कमैया जीवन बिताउन बाध्य धेरै मुलवासी नेवारहरु रहेका भन्दै उनीहरुलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको बताउनुभएको हो । उहाँले भूमिहिनहरुलाई जग्गाको लालपुर्जा दिन राष्ट्रिय भुमि आयोगले ७७ वटै जिल्लाका काम गरिरहेको पनि बताउनुभयो ।

मन्त्री श्रेष्ठले सहकारी पीडितहरु आन्दोलित भइरहेको सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले गरिब घर, परिवार पहिचान गरी परिचयपत्र वितरण गरिने पनि जानकारी गराउनुभयो ।

मन्त्री श्रेष्ठले सहकारी संस्थाहरुलाई दिगो र बलियो बनाउनका लागि विस्तृत अध्ययन र अनुसन्धानको प्रक्रिया अगाडि बढेको बताउनुभयो ।