२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संसद र संसदीय समिति छलेर मन्त्रीहरु बाहिर रमाउनु राम्रो होइन : अध्यक्ष तिमिल्सिना


117
Shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरु संसद र समितिका बैठकबाट तर्किने गरेको बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्द उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले निर्देशन कार्यान्वयन गर्ने कार्यपालिका समितिको निर्देशन सुन्न नपरोस्, संसदमा सकेसम्म जान नपरोस् भनेर तर्किने गरेको बताउनुभयो । उहाँले समितिले दिएका निर्देशनहरु सकेसम्म कार्यान्वयन गर्न नपरोस् भन्ने प्रवृत्ति मन्त्रीहरुमा बढी हाबी हुने गरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले सांसदहरु मन्त्री बनिसकेपछि संसदीय समितिमा आउने उत्सुकता हराउँदै जाने उल्लेख गर्नुभयो । उहाँले संसद र संसदीय समिति छलेर साना बाहिरी काममा रमाउने प्रवृत्ति संसदीय प्रणालीका लागि राम्रो नभएको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले संसदीय पक्षधर्ताले संसदलाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।