
काठमाडौं । जनप्रतिनिधिका कार्यशैलीबाट दिक्क बनेको भन्दै स्थानीयले बाराको जितपुरसिमरा उपमहानगर १५ का वडाअध्यक्ष राम प्रसाद लामिछानेलाई कार्यालय भित्रै थुनेका छन ।
वडाअध्यक्ष लामिछानेको पछिल्लो कार्यशैलीबाट आक्रोशित बनेका स्थानीय लाल प्रसाद अधिकारी, जितेन्द्र राउत लगायतका युवाको समुहले लामीछानेलाई कार्यालयमै थुनेको हो । आक्रोशित स्थानीयले बडा अध्यक्ष लामीछाने बिरुद्ध सिमरा सेजको जमिनमा गेैरकानुनी ढंगबाट पूर्वाधार निर्माण गराएको, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा ल्याउने भनिएको एम्बुलेन्स ४ बर्षदेखि कागजमा सिमीत राखेको आरोप लगाएका छन् ।
यस्तै, बडाका प्राय सबै स्कुल, खानेपानी जस्ता संघ संस्थामा निगरानी गर्न छाडेर आफै नेतृत्वमा बसेको, जंगली जनाबरबाट पीडित किसानकोे बाली जोगाउन तारबार नगरेको, सम्पन्न योजनाको भुक्तान रोकेको लगायतका आरोप लगाउँदै उनीहरुले तालाबन्दीमा उत्रन परेको बताएका छन् । वडा अध्यक्ष लामिछानेमाथि गेैर नागरिक बर्मेली तथा आफन्तलाई दोहोरो नागरिकता दिलाएको तथा भुमिहीन सुकुम्बासीलाई लालपुर्जा दिने भन्दै प्रति कठ्ठा दुईहजार लिएको उजुरीमा अख्तियार र जिल्ला प्रशासनले अनुसन्धान समेत थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्