
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको नाम जुनार गाउँपालिका राखिने भएको छ ।
गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरप्रसाद बरालले गाउँसभामा प्रस्तुत गर्नु भएको आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममा गाउँपालिकाको नाम परिवर्तन गरी जुनार गाउँपालिका राख्ने प्रस्ताव गर्नुभएको हो ।
जुनारको राजधानी भनेर पहिचान भएको गोलन्जोर गाउँपालिकाको नाम जुनार गाउँपालिका राखेर जुनारको पहिचान दिन प्रस्ताव गरिएको उहाँको भनाई छ । गोलन्जोर गाउँपालिका सिन्धुलीको प्रमुख नगदेवाली मानिने जुनार उत्पादनको मुख्य क्षेत्र हो । गाउँपालिकाको पाँचवटा वडामा व्यावसायिक रुपमा जुनार खेती हुदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्