५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


साफ च्याम्पियनसिपमा नेपालको सान्त्वना जित


4.732k
Shares

काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ ।

भारतको बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा आज भएको खेलमा पाकिस्तानलाई १–० गोलले हराउँदै नेपालले जित निकालेको हो ।

नेपालका लागि आशिष चौधरीले गोल गरेका थिए । यो जितसँगै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । समूह ‘ए’ मा रहेको नेपाल यसअघिका दुई खेलमा पराजित भएको थियो । नेपालले प्रतियोगिताको पहिलो खेलमा कुवेत र दोस्रो खेलमा भारतसँग हार बेहोरेको थियो ।

यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपाल ३ अंकका साथ तेस्रो स्थानमा रहँदा पाकिस्तान अंक विहीन रह्यो ।