२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देश आवधिक निर्वाचनको दिशामा गइसक्यो : योगेश भट्टराई


2.145k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद एवं सचिव योगेशकुमार भट्टराईले देश आवधिक निर्वाचनको दिशामा गइसकेको बताउनुभएको छ ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद भट्टराईले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय ल्याउनुले सरकारको मनशाय स्पष्ट हुने बताउनुभयो । उहाँले निर्वाचनमाथि अंकुश लगाउने मनशायबाट सरकारले जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्न खोजेको बताउनुभयो । उहाँले सरकारले दुग्ध विकास बोर्ड, कपास विकास समिति र तथ्यांक विभागको कार्यालय खारेज गर्नु षड्यन्त्रपूर्ण रहेको दाबी गर्नुभयो ।

सांसद भट्टराईले पशुपतिनाथ मन्दिरको जलहरीमा नाम नलेखिएको दाबी गर्दै ताम्रपत्रमा नाम लेख्नु सामान्य विषय भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका भवन, पुलहरु नाम लेखिएको छ भन्दैमा भत्काउन जाने हो ? भन्दै प्रश्न गर्नुभयो ।

सांसद भट्टराईले जलहरी प्रकरणमा संसदीय समितिले छानबिन गर्नुपर्ने माग उठेको भन्दै राष्ट्रपतिको संयोजकत्वमा प्रधानमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहितको तीन संसदीय सदस्य छानबिन समिति बनाएर छानबिन गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रपति पनि संसदको अंग भएकाले उक्त समितिले पनि निष्पक्ष छानबिन गर्न नसके माओवादीका लडाकु ल्याएर छानबिन गराउन आग्रह गर्नुभयो ।

सांसद भट्टराईले ललिता निवास जग्गा प्रकरणको छानबिन स्वतन्त्र र निष्पक्ष रुपमा हुनुपर्ने बताउनुभयो । उहाँले अयोग्य लडाकु घोटाला प्रकरणमा पनि महालेखा परीक्षकको कार्यालयले घोटाला भएको तथ्यांक निकालेको भन्दै त्यसको पनि निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।