१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सात वटा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको निर्णय


442
Shares

काठमाडौं । सरकारले देशका विभिन्न सात क्षेत्रमा नयाँ औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देशका कालिकोटका केही नगरपालिका र गाउँपालिका गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको बताउनुभयो । उहाँले सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको रुपमा नवराज अधिकारीलाई नियुक्त गरेको पनि बताउनुभयो ।

संचारमन्त्री शर्माले देशका विभिन्न ठाउँबाट औधोगिक ग्राम स्थापनाको लागि प्रस्ताव आएकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रश्तावमा यस्तो निर्णय गरेको बताउनुभयो ।